काठमाडौँ, १६ माघ । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७६ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तोलामा चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





