काठमाडौँ, १५ माघ । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला प्रतितोला ७५ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी २५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





