एपोलो कलेजका ९८ विद्यार्थी, शिक्षक र कर्मचारीद्वारा रक्तदान

काठमाडौँ, १४ माघ । हरेक वर्ष रक्तदान गर्दै आएको एपोलो इन्टरनेशनल कलेज लाखेचौर नयाँबानेश्वरले यसपाली पनि मंगलबार उक्त कलेज परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्यो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजित रक्तदानमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र सर्वसाधारण गरी ९८ जनाले रक्तदान गरेका थिए । सामुदायीक प्रहरी सेवा केन्द्रका इन्चार्ज ताराराम दयालले सो कार्यक्रमको संयोजन गरेका थिए ।

कलेजका अधिकाँश विद्यार्थी, शिक्षक र कर्मचारी रक्तदानको लागि इच्छुक भएतापनि उनीहरुमा रक्तचाप, मधुमेह लगायतका रोगको कारण सयजना भन्दा बढीले रक्तदान गर्न नपाएर फर्केको एपोलो इन्टरनेशनल कलेजका प्रशासन प्रमुख गणेश गौतमले बताए ।

रक्तदान कार्यक्रमको अनुगमन गर्न गएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीलाई कलेजका प्रशासन प्रमुख गौतमले उपहार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम