काठमाडौँ, १२ माघ । सिजन स्पानिस ला लिगामा बार्सिलोनाले चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० ले पराजित भएको हो ।
हारपछि बार्सिलोना शीर्ष स्थानमा यथावत् त छ तर रियल मड्रिडसँग समान अंक छ भने रियलले एक खेल कम खेलेको छ । २१ खेलबाट बार्सिलोनाको ४३ अंक छ । २० खेलबाट रियलको ४३ अंक छ । रियलले सोमबार रियल भाल्लाडोलिडसँग खेल्दैछ ।





