काठमाडौँ, ९ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका दुई खेल हुँदैछन् ।
आज थ्री स्टार र हिमालयन शेर्पा तथा जावलाखेल र एपीएफबीच खेल हुँदैछ । ललितपुरको क्लब थ्री स्टारले मध्याह्न १२ बजे सुरु हुने खेलमा हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, दिउँसो ३ बजे ललितपुरको अर्को क्लब जावलाखेलले विभागीय टोली एपीएफसँग खेल्नेछ । लिगको सुरुवातमा राम्रो प्रदर्शन गरेको जावलाखेलले पछिल्लो खेलहरूमा लय कायम राख्न सकेको छैन ।





