डण्डी र सिमेन्टको मूल्य बढ्यो

काठमाडौँ, ९ माघ । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् ।

अन्तर्रा्ष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको हो । यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको छ भने निर्माणको मुख्य सिजनमै धेरै आम उपभोक्ता मारमा परेका छन् । उपभोक्ता अधिकारकर्मीले भने बजार अनुगमन प्रभावकारी नहुँदा यसको असर डण्डी र सिमेन्टमा देखिएको बताएका छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारका नियमन गर्ने जिम्मेवार निकायको बजारमा सक्रियता नभएकै कारण व्यापारीले हरेक सामानमा ‘कार्टे्लिङ’ गरेर मनपरी भाउमा बिक्री गर्ने गरेको र यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको आरोप लगाए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज