युरो किड्स सल्लाघारीमा ‘युरो हिँउदे महोत्सव’

भक्तपुर, ८ माघ । ‘उदाउँदो केन्द्र’को रुपमा अन्र्तराष्ट्रिय युरो किड्सबाट पुरस्कृत सल्लाघारीस्थित भक्तपुर युरो किड्सले विभिन्न खेलकूद र मनोरञ्जनात्मक कार्यक्रमका साथ यो वर्षको ‘युरो हिँउदे महोत्सव’ अर्थात युरो विन्टर कार्निभल आयोजना गरेको छ ।

विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार उक्त महोेत्सवमा सांगितिक कार्यक्रमदेखि विभिन्न थरीका खेल र अन्य मनोरञ्जनका कार्यक्रम समावेश थिए । युरो किड्समै अध्ययनरत विद्यार्थी, उनीहरुका अभिभावकको साथै युरो विन्टर कार्निभल हेर्न आएका वालवालिका र अभिभावकहरुलाई समेत सहभागी गराई विभिन्न खेल खेलाइएको थियो ।

विद्यालयको विशेषता र नयाँ कार्यक्रमहरुबारे केटाकेटी र नयाँ अभिभावकहरुलाई जानकारी गराउन पनि विन्टर कार्निभल आयोजना गरिएको विद्यालयकी संस्थापक प्रिन्सिपल सम्झना गिरीले बताइन । विद्यालयले आउँदो श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा नयाँ विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ