काठमाडौँ, ८ माघ । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि जित निकालेको छ ।
सर्जियो अग्युराेले मैदान प्रवेश गरेकाे ६ मिनेटमै गोल गर्न सफल भएपछि सिटीले शेफिल्डलाई एक–शून्यले हरायो ।
जितसँगै सिटीले तालिकामा ५१ अङ्क बनाएको छ । सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अङ्कले अघि छ । शेफिल्ड भने ३३ अङ्कसहित सातौँ स्थानमा छ ।






