बढ्यो नेप्से

काठमाडौँ, ७ माघ । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार ८.२, होटल २.३२, निर्जीवन बीमा ८१.१७, उत्पादन १९.२२, जीवन बीमा ६१.४७ ले वृद्धि हुँदा विकास बैंक १०.२७, जलविद्युत् ०.७६, वित्त ३.४८, अन्य ७.४४ लघुवित्त २.४ र सामूहिक लगानी कोष ०.१५ ले घटेको छ ।

स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९.८२, ग्लोबल आइएमइ बैंक ९.७५, पाँचथर पावर कम्पनी ९.५२, स्पर्श लघुवित्त ५.९४, सामुदायिक लघुवित्त ५.९१, कालिका पावर ५.४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४.९० प्रतिशतले कमाए ।

त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६.४८, आइसिएफसी फाइनान्स ६.०७, माहुली सामुदायिक लघुवित्त ५.९४, सिनर्जी पावर ५.६६, युनिभर्सल पावर ५.१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.०८ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज