नेपालविरूद्ध खेल्ने अमेरिकाको टिम घोषणा

काठमाडौँ, ७ माघ । युएसए क्रिकेटले नेपालमा हुने विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टिम घोषणा गरेको छ ।

अमेरिकाले ओमान र नेपालविरुद्ध हुने सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको हो । नेपालमा हुने सिरिजका लागि अमेरिकाले भारतमा तयारी गर्ने भएको छ । मुम्बईमा अमेरिकाले मुम्बई क्रिकेट एसोसिएनसँग तीन अभ्यास खेल खेल्नेछ ।

नेपालले भने पोखरामा तयारी गरिरहेको छ । माघ २२ देखि हुने सिरिजमा तीन टिमले एकअर्काविरुद्ध २-२ पटक खेल्नेछन् । जसमा ६ एकदिवसीय खेल हुनेछन् भने प्रत्येक टिमले ४ खेल खेल्नेछन् ।

नेपाल र ‌ओमानविरुद्ध खेल्ने अमेरिकाको टिम 

सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभिन टेलर, करिमा गोरे, इयान हल्यान्ड, अक्षय होमराज, इल्मोर हचिन्सन, आरोन जोन्स, नोस्थुन्स केन्जेगे, जेभियर मार्सल, मोनाक पटेल, नसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन, रस्टी थोरोन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो