काठमाडौँ, ६ माघ । सिटिजन्स बैँक लिमिटेडले थप चार वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैँकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर र नुवाकोटको देवीघाटमा नयाँ शाखा विस्तार गरेको हो ।
नयाँ शाखाहरु मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैँकले लिएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।






