सामाजिक समस्याको प्रमुख कारण ऋणभार

काठमाडौँ, ६ माघ । नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ ।

यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ । ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ । प्रहरी अनुसन्धानअनुसार भने सोही कारण नै हो भन्ने ठाउँ नदेखिएको बताइन्छ ।

‘ब्याज तिर्न नसकी ऋणीले आत्महत्या जस्तो गलत बाटो रोज्नुपछाडि बैङ्क तथा वित्तीय संस्था दोषी देखिन्छन्, राष्ट्र बैङ्कका प्रवक्ता डा. गुनाकर भट्ट भन्छन, ‘यस्ता समस्या आउन नदिन (वेस्ट इनकम टु सर्भिस रेसियो) आम्दानीको आधारमा ऋण तिर्न सक्ने अनुपात नीति लागू गरिएको छ ।’ ‘बैङ्क तथा वित्तीय संस्था सञ्चालकहरूले भने यस नीतिको विरोध गरेका छन्, उनले थपे, ‘घाँटी हेरी हाड निल्नू भनेझैँ घरजग्गा, गाडीलगायत विलासितामा ऋण दिँदा ऋणीको किस्ता तिर्न सक्ने क्षमता मूल्याङ्कन गरी ऋण प्रवाह गर्नुपर्छ ।’  यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज