झापा, ५ माघ । फागुन पहिलो सातादेखि झापामा ‘सताक्षी गोल्डकप २०७६’ आयोजना हुने भएको छ ।
आयोजक समिति सतासीधाम स्पोर्टिङ क्लबले आज झिलझिलेमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । फागुन ३ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको एकसहित नेपालका सात वटा टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा मनाङ मर्स्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, रुपन्देही-११, मच्छिन्द्र फुटबल क्लब, च्यासल फुटबल क्लब, आयोजक झापा र भारतको दार्जिलिङ फुटबल क्लबले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताका विजेताले छ लाख नगद पाउने छ। उपविजेताले तीन लाख पाउने छ ।
प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाई स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवार्ड, डिफेन्स, गोल किपर र कोचको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको दस हजार रहेको आयोजकले जनाएको छ ।






