काठमाडौँ, ५ माघ । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाल सुन ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको प्रतितोला ७४ हजार ७ सय कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





