मन्त्री अर्यालद्वारा हलिया वस्ती हस्तान्तरण

कञ्चनपुर, ४ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरेको छ ।

हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटि घरको तालाचाबी खोलेर मन्त्री अर्यालले वस्तीको हस्तान्तरण गरेको घोषणा गरेकी छन ।

एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो । उक्त वस्ती हस्तान्तरण गर्दै मन्त्री अर्यालले कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडी बढेको बताएकी छन ।

मन्त्री अर्यालले हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुर्नपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा