काठमाडौँ, ४ माघ । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ ।
सौजन राई र कप्तान सुमन सुवेदीले यस सिजन लिगमा पहिलो गोल गर्दा पुलिसले जावलाखेललाई २-० ले पराजित गरेको हो । एन्फा कम्पेलक्स सातदोबाटोमा भएको खेलमा पुलिसले दुवै हाफमा एक-एक गोल गरेको थियो ।




