आज मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदै

काठमाडौँ, ४ माघ । आज शनिबार जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।

आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ ।  ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ । त्यस्तै थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो