‘लक्का जवान’को शिर्ष गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, २ माघ । फिल्म ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

चैत्र २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘लक्का जवान’को काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो  । बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई देख्न सकिन्छ । यस्तै, नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै