पुटिनद्वारा कानून सुधारको घोषणा

एजेन्सी, २ माघ । राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन ।

रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका हुन ।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । प्रधानमन्त्रीले भने , “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।”

एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । माघ संक्रान्तिमा खाइने परिकार मध्ये तिलको लड्डु पनि एक हो । लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा

काठमाडौँ, २८ पौष । सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय योग शिक्षाको पाठ्यक्रम तयार गरेको छ । यसैगरी

काठमाडौँ, २७ पौष । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले रक्तदान सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ ब्लड डोनर ‘एप’ निर्माण

काठमाडौँ, २७ पौष । पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौँ