‘मोडल सङ्स अवार्ड २०२०’ दिल्लीमा हुने

काठमाडौँ, १ माघ । ‘मोडल सङ्स अवार्ड, २०२०’ भारतको राजधानी नयाँ दिल्लीमा मोडल सङ्स नेपालले आयोजना गर्ने भएको छ ।

ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष  इन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो अप्रिल १२ मा हुन लागेको हो । आज राजधानीमा एक पत्रकार भेटघाट गरी अवार्डका बारे जानकारी गराउदै आयोजक संस्थाका सीईओ डेविल सिंह राजपुतले संगीत, चलचित्र, फेशन, मोडल, इभेन्टअन्तर्गत विभिन्न विधामा भोटिङका आधारमा पुरस्कृत गरिने जानकारी दिए ।

अवार्डमा मनोनयनका लागि माघ २ गतेदेखि आवेदन फाराम खुल्ला हुने छ । फेब्रुअरी २९ भित्र आवेदन फाराम भरिसक्नुपर्ने छ भने अवार्डको नोमिनेसन मार्च ७ मा सार्वजनिक गरिने छ । मनोनयनमा पर्नेहरुले मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले