हामीले गोरेटो खन्दैछौं, अब तपाईंहरु प्रधानमन्त्री बन्न सक्ने बाटो बन्दैछ : मन्त्री मगर

नवलपुर, १ माघ । नवलपुर जिल्लाको देवचुली नगरपालिकाबाट आफ्नो गुनासोहरु सुनाउन पोखरा आएका किशोरीहरुले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई भेटेका छन् ।

सामाजिक विकास मन्त्रालयमा मन्त्रीलाई भेट्दै किशोरीहरुले नवलपुरमा बालविवाह, किशोर किशोरीहरुबीच विभेद, यौन जन्य हिंसा, पहिचानमा समस्या, लागु पदार्थ दुव्र्यसन, आत्महत्या रोकथाम आदि विषयमा प्रश्न गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले किशोरीहरुलाई नीतिगत सुधारमा मन्त्रालय निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । अहिलेको संविधानले नीतिगत रुपमा नै महिला प्रतिनिधित्व ग्यारेन्टी गरेकाले इतिहासमा नै पहिलो पटक उत्साहजनक सहभागिता हुन सकेको बताउनुभयो ।

“हामीले राजनीतिमा होमिँदा अहिलेको जस्तो सहज परिस्थीति थिएन”, उहाँले अगाडि भन्नुभयो, “हामीले गोरेटो खन्दै यहाँसम्म आइपुग्यौं, अबका किशोरीहरु यही बाटोमा मुख्यमन्त्री र प्रधानमन्त्री बन्न सक्ने आधार तयार भएको छ ।”

किशोरीहरुले अगाडि बढ्नका लागि किशोरहरुलाई जस्तो सहज नभएको बताउँदै उहाँले पहिले मन अनि परिवार र समाजलाई जित्नुपर्ने बताउनुभयो । त्यसै गरी उहाँले यही आर्थिक वर्षभित्र प्रदेश बालबालिका सम्बन्धी ऐन पारित भइसक्ने र त्यसले बालबालिकाहरुलाई नीतिगत रुपमा सहयोग हुने बताइन् ।

जागृति बाल तथा युवा सरोकार नेपालको अध्यक्ष तिलोत्तम पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नवलपुरबाट आएका ४५ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021