काठमाडौँ, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सभापति तथा पूर्वप्रधानमन्त्री शेरबाहदुर देउवाले नेपाली धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भावना वढाएको बताउनु भएको छ । माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
माघेसङ्क्रान्ति आवसरमा शुभकामना सन्देश जारी र्गदै उहाँले भन्नुभएको छ, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको छ ।’
नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल भएकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता भएको पनि बताउनु भएको छ ।