अझै सपना पूरा भएको छैन : अध्यक्ष प्रचण्ड

चितवन, २९ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आम नेपाली जनता विकास र समृद्धिको सपना अझै पुरा हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन संशोधन हुने बताएका छन् । यो ऐनले जंगली जनावरको मात्रै सुरक्षाको कुरा गरेको तर जनताको सुरक्षामा कम ध्यान दिएको प्रचण्डको भनाइ छ ।

माडीमा सोमबार आयोजित खिचरा महोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले ठोरीदेखि केरुङ जोड्ने बाटोको प्रक्रिया अगाडि बढेको भन्दै माडीलाई मणि बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, ‘अझै सपना पूरा भएको छैन, पाँच वर्षमा जति काम गर्ने भनेको हो, दुई वर्ष भयो, अब तीन वर्ष बाँकी छ । मैले माडीका लागि केन्द्रमा के गरिराखेको छु भन्ने तपाईहरुले देख्नुभएको छ । हाम्रो परम्परा, हाम्रो संस्कार हाम्रो कार्यशैली अझै पनि त्यति राम्रो भइसकेको छैन । हाम्रा सरकारी सबै संयन्त्रहरु तदारुकताका साथ जनताको काम गर्ने शैलीमा रुपान्तरित अझै भएका छैनन् । यसमा तपाईहरुको निरन्तर साथ रह्यो भने म जुन ठाउँमा छु, केही वर्षभित्र एउटा नयाँ वातावरण बनाउन सकिन्छ भन्ने विश्वासका साथ म अगाडि बढेको छु ।’

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडीका जनतालाई राष्ट्रिय निकुञ्जका जनावरले दुःख दिएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्जको ऐन परिवर्तनका लागि वनमन्त्री, प्रधानमन्त्रीसँग कुरा गरिराखेको छु । मैले अहिले धेरै भन्नु उचित पनि छैन । ऐन संशोधनको प्रक्रियामा छ । २०२९ सालको ऐनले जंगली जनावरको सुरक्षालाई त ध्यान दियो, मानिसको सरक्षालाई कम ध्यान दिएको छ, त्रुटि त्यहीँ छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021