मुख्यमन्त्री राउतको प्रश्न : प्रहरी प्रशासन छैन र ?

जनकपुर, २९ पौष । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासन माफियासँग मिलेका कारण जनता मरिरहँदा पनि प्रदेश सरकार मुकदर्शक बन्न बाध्य भएको बताउनुभएको छ ।

मंगलबार जनकपुरधाममा आयोजित जलवायु परिर्वतनसम्बन्धी सगरमाथा सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले सेटिङमा टिपर लगाएर खोला तथा नदी उत्खनन गराउने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘दिउँसै टिपर लगाएर नदी उत्खनन भइरहेको छ । प्रहरी प्रशासन छैन र रु उनीहरु सबै मिलेका छन् । बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहु वन विनाश हुँदैछ, रोक्ने प्रयास गर्नेहरुको दिनदहाडै हत्या हुन्छ, तर हामी मुकदर्शक भएका छौं । प्रहरी हाम्रो मातहतमा छैन । यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ।’

नदी उत्खनन गर्ने तथा जंगल फँडानी गर्नेहरुलाई केही नगर्ने प्रहरी प्रशासनले भारतबाट थोरै मल ल्याउने किसानलाई दुःख दिने गरेको मुख्यमन्त्री राउतको आरोप लगाउनुभयो । चुरेको दोहन र जंगलको नियमित फँडानी भइरहँदा सबैभन्दा ठूलो प्रभाव प्रदेश २ लाई पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘भूमाफियाहरु बढ्दै गएका छन् । ठूला ठूला कन्स्ट्रक्सन खोलेर बसिरहे पनि कसैले कुनै ध्यान नदिनु नै सेटिङको प्रमाण हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका