हुने विरुवाको चिल्लो पात ‘मन्त्री बाँस्कोटा’

तीर्थ भट्टराई

केहिलाई उहाँको बोली टर्‍ओ लाग्छ तर उहाँले जुन काम आट्नुहुन्छ, त्यो कामहरुले सचेत जनताको मन छोएको छ ।

केही वर्ष अघिसम्म मात्र सञ्चार क्षेत्रको बेतिथीमा ठूलो चाङ थियो । मान्छेको स्वरुपमा जनावरको चित्रण गरिन्थ्यो । सामाजिक सद्भाव भड्काउन मिडियालाई हतियार बनाई अनेकन प्रपन्च रचिन्थ्यो । तर उहाँले यो मन्त्रालय सम्हालेबाट यी बेतिथिमा धेरै सुधार आएको छ । मिडिया समाजमैत्री बनेको छ कारण उहाँको काम गर्ने हक्की स्वभाव नै हो ।

मन्त्री गोकुल बाँस्कोटालाई नबुझ्ने मान्छेहरुले मुख नमिठो पार्लान तर उहाँको कार्यकाल सञ्चार क्षेत्रको लागि स्वर्णिम बनेको छ । मिडिया क्षेत्र ब्यवस्थित बनेको छ र अब विधेयक मार्फत अझै ब्यवस्थित अनि अनुशासित बन्दैछ ।

हुने बिरुवाको चिल्लो पात भनेझै सञ्चार क्षेत्रको प्रगतीसँगै आजबाट उहाँले शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्नु भएको छ । कार्यभारसँगै जनतालाई अनुभुत हुने नया योजना ‘वृद्धवृद्धाहरुको लागि पार्क’ बनाउने घोषणा गर्नुभएको छ ।

निवर्तमान मन्त्रीले जनताका लागि भन्दा आफ्नो र आफ्ना पार्टीको भलाइको लागि काम गरेर बिदा भएको यो मन्त्रालयलाई जनतामैत्री बनाउने अभियानमा उहाँको टर्‍ओ स्वभाव सफल हुनेछ भन्ने हामी सबैको बिश्वास छ र जो हक्की अनि निडर हुन्छ । उसले देश र जनताका लागि केही गरेर पनि देखाउँछ भन्ने सन्देश माननीय मन्त्रीज्युले अझै ती बिरोधिहरुलाई आफ्ना जनप्रेमी कामहरुले दिनु हुनेछ भन्ने शुभेच्छा पनि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको