काठमाडौँ, २८ पौष । राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएको कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ ।
आज आयोगले पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो ।
नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो ।