काठमाडौँ, २८ पौष । नायिका कृती सेनन नयाँ फील्म ‘मीमी’मा काम गर्दैछिन् । यो फिल्मका लागि उनी निकै मिहिनेत गरिरहेकी छिन् ।
सो फिल्मका लागी कृतीले आफ्नो तौल १५ केजी बढाउँदै छिन् । सरोगेसीको कथामा बन्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा रहने बताइएको छ ।
कृतीले भारतीय एक मिडियासँग भनिन्–‘तौल बढाउनु मेरा लागि आफैमा चुनौतीको बिषय हो । यो मेरो शरीरका लागि पनि नयाँ हो । मैले छोटो समयमा नै १५ केजी तौल बढाउनुपर्नेछ । तर, म यो परिवर्तनका लागि उत्साहित छु । यो भूमिका मेरो लागि निकै महत्वपूर्ण छ, यसैले पनि म यसका लागि हरेक कुरा गर्न तयार छु ।’