कैलाली, २८ पौष । सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘युट्युब’मार्फत हेर्न सकिने भएको छ ।
सभामुख अर्जुनबहादुर थापाले एक आयोजित पत्रकार सम्मेलनमा बोल्दै आवश्यकताअनुसार ‘युट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेश सभा बैठक सञ्चालनका गतिविधि प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका छन ।
सुदूरपश्चिम प्रदेशसभाको युट्युबमार्फत वेभसाइट लग इन गरी हेर्न सकिने जनाइएको छ । प्रदेशका ९ वटै जिल्लामा प्रदेश सभाको सम्बन्ध स्थापना गर्नमा टेवा पुर्याउन, संसदीय गतिविधि जनतासमक्ष पुर्याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ ।
आउँदा दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण, ई–लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सीसीटीभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेश सभा सचिवालयको छ ।