विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी

काठमाडौँ, २७ पौष । विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।

प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, विज्ञान तथा प्रविधि अन्तर्गतका विविध उपकरण, विद्या संस्कार स्काउट ट्रुपद्वारा मनोरञ्जनात्मक तथा साहसिक खेलको प्रदर्शन गरिनुका साथै विद्यालयका विद्यार्थीहरुद्वारा मञ्चमा गायन, सङ्गीत तथा नृत्यको प्रदर्शन गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलस्थित विद्यालय प्राङ्गणमा भएको उक्त प्रदर्शनीको विद्यालयका संस्थापक निर्देशक तथा प्रधानाध्यापक डा.सुधीर कुमार झा, प्रवन्ध निर्देशक प्रमिता विष्ट तथा निर्देशक समितिका सदस्यहरू राजेश अधिकारी र सुरेश अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्नु भएको थियो ।

प्रदर्शनीमा विद्यालयका अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी लगायत अन्य शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित अभिभावकहरुले विद्यालयले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीहरूको सिकाई उपलब्धिमा उल्लेखनीय भूमिका खेल्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम