जे देखिन्छ, त्यही बुझ्ने अक्षरमा लेखिदिनुस् : महान्यायधिवक्ता खरेल

झापा, २७ पौष । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा उहाँले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ प्रतिवेदन आएमा घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तलाई दण्ड दिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले चिकित्सकहरुलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हुँ । जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यही सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।”

महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही जाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गर्नुभयो । उहाँले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गर्दै मिडियाले घटना सार्वजनिक गरेकालाई अनुसन्धान र कारवाही गर्ने काम प्रहरी र सरकारको भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्