हिलसाइड कलेजद्वारा साग गेमको तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता कुंवरलाई सम्मान

काठमाडौँ, २६ पौष । हिलसाइड कलेज अफ इन्जिनियरिङ, काठमाडौँले तेह्रौं साग गेमको तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता उक्त कलेजका ७औं सेमिष्टरका बिद्यार्थी चुडामणी कुंवरलाई सम्मान गरेको छ ।

ललितपुरको इण्द्रेणी बैंकटमा भएको वेलकम, फेयरवेयल तथा पुरस्कार बितरण कार्यक्रममा तेश्रो सेमिष्टरका बिद्यार्थीले नयाँ बिद्यार्थीको स्वागत गरेका थिए भने आठौं सेमिष्टर सकेर बाहिरिने बिद्यार्थीहरुलाई सातौं सेमिष्टरका बिद्यार्थीले उज्जवल भबिष्यको कामना सहित बिदाइ गरेका थिए ।

सो अवसरमा सप्ताहब्यापी खेलकुद कार्यक्रममा सफलता हात पार्ने बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कलेजका प्रीन्सिपल डा. के. एन. दुलालको सभापतित्त्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन इ. महेन्द्रराज धिताल प्रमुख अतिथि, प्रा.डा. गोबिन्द राज पोखरेल बिशिष्ट अतिथि हुनुहुन्थ्यो ।

इन्जिनियरिङ शिक्षाको आवश्यकता र औचित्यता माथि प्रकाश पार्दै यस कलेजका मेनेजिङ डाइरेक्टर गोपीकृष्ण न्यौपानेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ