काठमाडौँ, २६ पौष । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी-२० को नयाँ वरीयतामा नेपालका ४ खेलाडी परेका छन् ।
नयाँ वरीयतामा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । अलराउण्डरतर्फ पारस २५ औँ स्थानमा यथावत रहेका छन् । उनी अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिसभन्दा अघि रहेका छन् ।
यस्तै अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन ।






