विद्यालय कि धराप ? 

काठमाडौँ, २६ पौष । जीर्ण अवस्थामा पुगेका दशकौं पुराना सामुदायिक विद्यालय भवन १२ वैशाख २०७२ को भूकम्पमा बस्नै नमिल्ले गरी खलबलिए । काठमाडौँ, भक्तपुर  र ललितपुरका पुराना सहरी क्षेत्रका अधिकांश त्यस्ता विद्यालय भवन गल्र्याम्मै नढलेपनि जुनसुकै बेला ढल्ने अवस्थामा पुगे । प्रधाविधिकहरुले त्यस्ता भवनमा अध्ययन–अध्यापन गर्न निमिल्ने भन्दै रातो स्टिकर लगाए । भवन जुनसुकै बेला भत्किन सक्ने खतराको सूचक थियो–रातो स्टिकर । तर, विद्यालय भनव न पुनःनिर्माण भए, न पठनपाठन रोकियो । धराप बनेका उपत्यकाका त्यस्ता दर्जनौं विद्यालय भवनमा अहिले पनि सयौं बालबालिकाको जीवन जोखिममा परेर अध्यापन गराइँदै छ ।

काठमाडौँको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय, हनुमानढोका निजिकै याटखास्थित कन्या मावि, न्यूरोडस्थित हिमालयमाविलगायत विद्यालय भवनमा भुकम्पले क्षति गरेपछि रातो स्टिकर लगाइएको थियो । यी भवन जुनसुकै बेला भत्किने अवस्थामा छन् । मापदण्डअनुसार नयाँ भवन बनाउन आवश्यक जग्गा पनि छैन । त्यस्तै अन्य विद्यालयको पनि अवस्था त्यस्तै रहेको छ । यो समाचार नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम