काठमाडौँ, २४ पौष । आज बिहीबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तीन दशमलव ५१ अंकले बढेर एक हजार दुई सय १३ दशमलव ११ अंकमा पुगेको छ । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि शुन्य दशमलव ९५ अंकले बढेर २६४ दशमलव २६ अंकमा पुगेको छ ।
यस दिन बजारमा १७७ कम्पनीका ३८ लाख ४९ हजार ७२२ कित्ता सेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपैयाँमा कारोबार भए । आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये पाँच सुच उकालो लागे भने सात सुच ओरालो लागे ।
अन्तिम दिन सेयर बजारमा सिभिल बैंकको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २० करोड १८ लाख ६६ हजार एक सय रुपैयाँमा कारोबार भएको हो ।
आज स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रिलायन्स् फाइनान्स्का लगानीकर्ताले सर्वाधिक सात प्रतिशत सेयर मूल्य गुमाए ।






