काठमाडौँ, २३ पौष । सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सात दशमलब ३२ अंकले घटेर १ हजार २ सय ९ दशमलब ६० अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि एक दशमलब ५० अंकले घटेर २ सय ६३ दशमलब ३१ अंकमा पुगेको छ । आज बजारमा १७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ता सेयर ७३ करोड ८ लाख ५२ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भयो ।
बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये पाँच सुचक उकालो लागे भने सात सुचक ओरालो लागे । ओमी माइक्रोफाइनान्स्को सेयरको कारोबार सबैभन्दा धेरै भयो ।
कम्पनीको सेयर ७ करोड १५ लाख ८३ हजार ६४२ रुपैयाँमा कारोबार भएको हो । बुधबार बजारमा समता माइक्रोफाइनान्सका लगानीर्ताले सर्वाधिक दस प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, लम्बिनी विकास बैंकका लगानीकर्ताले सर्वाधिक सात दशमलब ३५ प्रतिशत सेयर मूल्य गुमाए ।






