सुदूरपश्चिम जान मोबाइलबाटै टिकट काट्न सकिने

काठमाडौँ, २३ पौष । सुदूरपश्चिम जानाका महाकाली यातायातको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ ।

कम्पनीका अध्यक्ष डम्बरराज पन्तका अनुसार यात्रुलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइन टिकटिङ सुरु गरिएको बताए ।

योसँगै महाकाली यातायातबाट काठमाडौं महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ ।

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेसन, आईएमई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत् समेत टिकट काट्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र