Online Food Festival 2020 : फुडमान्डुसँग एनआईसी बैंकको साझेदारी, डिजिटल भुक्तानीमा भारी छुट

काठमाडौँ, २१ पौष । फुडमान्डु प्रा. लि.को Online Food Festival 2020 मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी QR मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सक्नुहुनेछ । यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज