बढ्याे शेयर बजार

काठमाडौँ, २१ पौष । आज पनि शेयर बजार बढेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से १८ दशमलव दुई ६ अंकले बढ्दै १ हजार २ सय दशमलव ६ नौ अंकको बिन्दुमा पुगी कारोबार बन्द भयो ।

सोमबारको बजार १ दशमलव ५ चार प्रतिशतले बढ्दा परिसूचक १२ सय दशमलव ६ नौ अंकको बिन्दुमा पुगेको हो । सोमबार १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर किनबेच हुँदा करिब ८४ करोड २५ लाख रुपियाँ बराबरको कारोबार भएको छ । सोमबार शेयर बजारमा ट्रेडिङ समूह १२ दशमलव २ छ अंकले घटेको छ ।

त्यसैगरी बैंकिङ समूह २५ दशमलव ८ छ, होटल समूह २ दशमलव ९ आठ , विकास बैंक समूह १३ दशमलव १ सात, जलविद्युत समूह ० दशमलव १ चार, वित्त समूह १ दशमलव ४ नौ, निर्जीवन बीमा समूह ० दशमलव ७ नौ, उत्पादनमूलक समूह ४ दशमलव ४ पाँच, अन्य समूह ३ दशमलव ५ छ, लघुवित्त समूह ३३ दशमलव ९ आठ, जीवन बीमा समूह १२ दशमलव १ तिन र म्युचुअल फण्ड ० दशमलव १ पांच प्रतिशतले बढेको छ ।

सोमबार वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ९ दशमलव ९ तिन प्रतिशतले कमाएका छन् । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सोमबारको बजारमा सबैभन्दा धेरै अर्थात् ४ दशमलव ९ चार प्रतिशतले गुमाएका छन । त्यसैगरी सोमबार सबैभन्दा धेरै एनआईसी एशिया बैंकको करिब ८ करोड ४६ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज