ए डिभिजन लिग फुटबलः आज एनआरटी र जावलाखेल तथा मनाङ र मछिन्द्र भिड्दै

काठमाडौँ, २१ पौष । सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् ।

आज मध्यान्न १२ बजेबाट दुबै खेल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्नेछन् ।

। लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ । लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । खेल ३ बजे रंगशालामा हुनेछ ।

समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र