काठमाडौँ, २० पौष । गेटाफेमाथि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा गेटाफेलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै रियलले सहज जित निकालेको हो ।
रियलका लागि राफयल भरान र लुका मोड्रिचले एक एक गोल गरे भने एक गोल उपहार पायो । जितसँगै रियलले १९ खेलमा ४० अंक जोडेको छ ।






