काठमाडौँ, १९ पौष । शाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवशरमा छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही पौषक २६ देखि शुरु हुने भएको छ ।
नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव दुई हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिशियलहरु सहभागिता रहनेछ ।
पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियर तर्फ ४५, ५०, ५५, ६०, ६७, ७५, ८४, ८४ किलोका साथै एकल काता र टिम काता गरी १८ ईभेन्टस् र महिला तर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५, ४०हुने भएको छ ।
त्यस्तै महिला कै सिनियर तर्फ ४५,५०,५५, ६१, ६७, ६८ किलो तौल समुहमा तथा एकल काता र टिम काता सहित १७ ईभेन्टस् गरी कुल ३७ स्वर्ण पदकका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ईश्वरु ले जानकारी गराए ।
दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्युमा संचालन हुनेछ ।






