महिलाको सहकारी : नौ वर्षमा पन्ध्र हजारबाट २५ लाखको शेयर पूँजी

काठमाडौँ, १९ पौष । रु पन्ध्र लाख शेयर पूँजीबाट स्थानीय महिलाले शुरु गरेको घट्टेकुलोस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको नौ वर्षमा रु २५ लाख ३८ हजारको शेयर पूँजी बनाएको छ ।

सो सहकारीले पछिल्ला वर्षमा घाटा न्यूनीकरण गर्दै सुधारको दिशामा आफूलाई रुपान्तरण गर्न प्रयासरत रहेको संस्थाका अध्यक्ष अम्बिका सुवेदीले बताउनुभयो । संस्थाको २०७६ असार मसान्तसम्मको वार्षिक बासलात प्रतिवेदनमा शेयर पूँजी बढेर रु २५ लाख पुगेको जनाइएको छ ।

संस्थाका कोषाध्यक्ष निरा शर्मा रेग्मीका अनुसार सो अवधिमा साधारण बचत रु ८९ लाख ९३ हजार ३०२, जगेडा तथा अन्य कोषमा रु १७ लाख ९५ हजार ८७, ऋण लगानी रु ८७ लाख १६ हजार ६२७ र अन्य शीर्षकमा गरी रु ११ करोड ८८ लाख चार हजार ८७ कारोवार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कूल रु ८६ लाख एक हजार ५२४ को कारोवार भएको थियो ।

संस्थाको शुक्रबार सम्पन्न नवौँ साधारणसभामा काठमाडौँ महानगरपालिका–२९ अध्यक्ष कुशकुमार ढकालले कतिपय सहकारीमा पदाधिकारीकै बीचमा हुने झगडा, ऋण लिएर व्यवसाय नगर्नेजस्ता समस्या वडा कार्यालयमा आउन थालेको जनाउँदै त्यस्तो प्रवृत्तिबाट बच्न सुझाव दिनुभयो ।

पूर्वसांसद कल्याणी रिजाल र नेपाल महिला सङ्घका प्रमुख सल्लाहकार सिर्जना सिहंले सानो पूँजीबाट शुरु भएको सो सहकारीको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा विभिन्न असल बचत र ऋणिलाई पुरस्कृत गरिएको थियो । संस्थामा हाल करिब ३०० सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज