सम्धी र उद्योगीलाई सांसद बनाउन खोजेपछि राजपामा विवाद

काठमाडौँ, १९ पौष । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद सुरु भएको छ । सम्धी र उद्योगीलाई नै सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद सुरु भएको हो ।

राजपा नेपाल अध्यक्ष मण्डलले सञ्चालन गर्ने पार्टीको अध्यक्ष मण्डलभित्रै विवाद सुरु भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलमा ६ जना सदस्य रहेका छन् ।

६ जनामध्ये हाल अध्यक्ष मण्डलको संयोजक रहेका राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अलिन झा एकातर्फ छन् भने अर्कोतर्फ महन्थ ठाकुर र महेन्द्रराय यादव उभिएका छन् ।

हाल राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र वृखेशचन्द्र नेता यादव निकटका भएकाले ठाकुर र यादवले यी दुईलाई नै दोहोर्याउने पक्षमा उभिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु

काठमाडौँ, १४ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्दा दायर गरिएको छ । प्रवर्तन