अब एटीएमबाट एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न मिल्ने

काठमाडौँ, १८ पौष । अब एटीएम मेसिनबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ ।

यसअघि दैनिक ६० हजार रुपैयाँसम्म निकाल्न मिल्ने गरेकोमा राष्ट्र बैंकले पुरानै व्यवस्था कायम गरेको हो ।

गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थियो । तर चिनियाँ नागरिकले नक्कली कार्डबाट एटीएम मेसिनको पैसा निकालेपछि राष्ट्र बैंकले सीमा घटाएको थियो ।

अबको व्यवस्थाअनुसार एटीएम कारोबारमा न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाइनेछ । राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत निर्देशनमा विद्युतीय कार्डमार्फत हुने कारोबारमा अब अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज