धितोपत्र बजारमा परिसूचक सामान्य गिरावट

काठमाडौँ, १७ पौष । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले घटेर २५२.१८ मा रोकिएको छ ।

परिसूचक घटेपनि कारोबार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार आज कुल १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरिदबिक्री भयो ।  कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ ।

जलविद्युत् २.२४ अङ्कले बढ्दा उत्पादन ४१.२२ र लघुवित्तको शेयर १५.५६ अङ्कले बढेको छ । यसैगरी बैङ्किङ २.२ ले घट्दा व्यापार ३.९५, होटल ७१.९९, विकास बैङ्क १.१९, फाइनान्स १.१३, निर्जीवन बीमा १६.२२, अन्य ११.९७, जीवन बीमा ४८.८४ र सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले घटे ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड २१ लाख ४९ हजार ७५९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ११ लाख ५७ हजार ५९७, प्रभु बैङ्कको संस्थापक शेयर रु दुई करोड ३५ लाख २० हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख ७२ हजार १६९, हिमालयन डिस्टिलरीको रु एक करोड ८७ लाख ८३ हजार ४०६, एनआइसी एसिया बैङ्कको रु एक करोड ७१ लाख २१ हजार ४९८, होटल सोल्टीको रु एक करोड ६७ लाख १७ हजार १४ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख ८९ हजार १२८ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ८.३३ प्रतिशतले कामाए । यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.६८, युनियन हाइड्रोपावर लिमिटेड ७.५५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.३९, शिवम् सिमेन्ट ४.४९, समता माइक्रोफाइनान्स वित्तीय संस्था ४.०८ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले कमाए ।

जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ७.५८ प्रतिशतले गुमाउँदा ओरियन्टल होटल लिमिटेड ५.२१, विशाल बजार कम्पनी ३।९७, सप्तकोशी डेभलपमेन्ट बैङ्क ३.९३, प्रभु बैङ्क ९संस्थापक० ३.७०, तारागाउँ रिजेन्सी होटल ३.६९ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ३.५३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज