काठमाडौँ, १७ पौष । शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ ।
आज विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन् । एपीएफ र सरस्वती युथ क्लबबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
३ खेलबाट १ अंक रहेको एपीएफ १२ औँ (पूछारबाट तेस्रो) तथा समान खेल खेलेको सरस्वती १४औं स्थानमा छ ।





