मासिक १५ अर्बभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात !

काठमाडौँ, १७ पौष । मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ । बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो ।

सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ । सरकारले गत साल बनाएको मध्यकालीन त्रिवर्षीय कृषि योजनामा आव ०७७/७८ सम्म कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य छ ।

भन्सार विभागका अनुसार चालु आव २०७६/७७ को पहिलो पाँच महिनामा ७७ अर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ । यहीं उत्पादन गर्न सकिने चामल, गहुँ, तरकारी, फलफूल, खाने तेल, माछामासु, जीवित पशु, चिया, कफी, खाद्यान्नको बीउलगायत पनि उच्च मात्रामा आयात भएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका पूर्व सचिव सुरोज पोखरेल किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो । सरकारले खर्च गर्ने बजेट र सेवा लक्षित समुदायमा पु-याउन नसकेकाले उत्पादन नबढ्दा विदेशबाट आयात गर्नुपरेको पोखरेलको दाबी छ । ‘८५ प्रतिशत किसानले आवश्यकताअनुसार सरकारी सेवासुविधा पाउन सकेका छैनन्,’ पोखरेलले भने, ‘उत्पादन बढाउन लक्षित समुदायमा अनुदान पु-याउनुपर्छ ।’ पोखरेलका अनुसार अहिलेको अनुदान वितरण पद्धति पनि परिवर्तन गर्नुपर्छ । याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज