एन आई सी बैंक लि. र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बिच सम्झौता

काठमाडौँ, १६ पौष । एन आई सी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल, बिच एन आई सी एशिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र श्री तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५)