व्यापार घाटामा उल्लेख्य सुधार : निर्यात बढ्यो, आयात साढे घट्यो

काठमाडौँ, १६ पौष । आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार आएको छ ।

साउनदेखि मङ्सिरसम्मको निर्यात बढ्दै जाँदा आयातमा पनि केहीले कमी आएको छ । पाँच महिनामा नेपालको कुल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । यो गएको वर्षको पाँच महिनाको तुलनामा ४ दशमलव २४ प्रतिशतले कमी हो । गएको आर्थिक वर्षको सुरुको पाँच महिनामा ६ खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएको थियो ।

यस्तै पाँच महिनामा निर्यात २६ दशलमव ९७ प्रतिशतले बढेको छ । चार महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले जम्मा ३७ अर्ब रुपैयाँ बराबरको सामान मात्रै निर्यात गरेको थियो ।

पाँच महिनामा नेपालको व्यापार घाटा अघिल्लो वर्षको पाँच महिनाको तुलनामा ६ दशमलव ३० प्रतिशतले घटेको छ । नेपालको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आयात निर्यातको अनुपात २४ दशलमव ५८ प्रतिशत रहेको छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै पाँच महिनामा चीनबाट १ खर्ब २ अर्ब रुपैयाँको सामान आएकोमा जम्मा ८६ करोड ३२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज