नेप्से घट्यो

काठमाडौँ, १५ पौष । आज मंगलबार नेप्से झीनो अङ्कले घटेको छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुगेको छ ।
सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से आरोलो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरिद(बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ २.०४, व्यापार १३.७९, होटल ३२.१६, विकास बैंक ४.८८, जलविद्युत् ६.४५ र लघुवित्त १८.९७ विन्दुले बढेको छ ।
त्यस्तै वित्त ४.२, निर्जीवन बीमा १३.७५, उत्पादन ११.८९, अन्य २८.१९, जीवन बीमा ४.८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी कारोवारका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६ करोड १७ लाख ८५ हजार ७१० बराबरको कारोवार भएको छ ।

शिवम् सिमेन्ट रु दुई करोड ७८ लाख १५ हजार ८३२, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख आठ हजार ९९२, एशियन लाइफ इन्सुरेन्स रु एक करोड ६६ लाख २३ हजार ६१२ र नागरिक लगानी कोष रु एक करोड ६२ लाख ११ हजार ४६३ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।
आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका शेयरधनी छन् । सो कम्पनीका लगानीकर्ताले ७.८० प्रतिशतले कमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ७.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.३१, मिथिला लघुवित्त वित्तीय संस्था ३.६३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.१८ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.०४ प्रतिशतले कमाए ।
नेपाल दूरसञ्चार कम्पनी ५.८९, यूनियन हाइड्रोपावर ५.१७, मञ्जुश्री फाइनान्स ४.७०, आइसिएफसि फाइनान्स ४.१८, प्रोगेसिभ फाइनान्स ४.०४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.५२ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज